२ भदौ ०८२, धनगढी । एमाले महासचिव शंकर पोख्रेलले काँग्रेस–एमालेको राष्ट्रिय सभामा बहुमत रहेको सुनिश्चित भएपछि संविधान संशोधन प्रक्रियामा जाने बताएका छन् ।
प्रेस चौतारीले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले यस्तो बताएका हुन् ।
उनले अहिले संविधान संशोधनको वातावरण नबनेको बताउँदै सत्तारुढ दलको बहुमत पुग्ने भएपछि संविधान संशोधन प्रक्रियामा जाने बताए ।
‘संविधान संशोधनजस्तो विषय एकैपटक प्रवेश गर्ने कुरा हुँदैन । त्यसका लागि वातावरण बनाउनुपर्छ’, पोख्रेलले भने, ‘राष्ट्रिय सभामा सरकारमा रहेका प्रमुख दलहरूको बहुमत सुनिश्चित छैन । ५/६ महिनापछि राष्ट्रिय सभामा १९ सिट खाली हुन्छ दुवै दल मिलेर सफलता प्राप्त गर्छौं ।’













