१० भदौ ०८२, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको १३ भदौमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ ।
विधान महाधिवेशनमा लैजाने प्रस्तावहरुमाथि छलफल गर्ने प्रयोजनका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
गौतमकाअनुसार विधान संशोधन मस्यौदा माथि आएको सुझावहरु मिलाउनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।
एमालेको दोस्रो विधान महाधिवेशन २०–२२ भदौमा तोकिएको छ ।













