अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउने विषयले खेदिरहेको छ – अर्थमन्त्री

१२ भदौ ०८२, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउने विषयले लामो समयदेखि खेदिरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

‘अनौपचारिक अर्थतन्त्र हामी कसरी औपचारिक बनाउन सक्छौं भन्ने विषयले हामीलाई लामो समयदेखि खेदिरहेको छ’ मन्त्री पौडेलले भने, ‘अनौपचारिक अर्थतन्त्रको दायरा, त्यसको प्रभाव, नतिजा र त्यसलाई नियन्त्रण गर्न चाल्नुपर्ने कदमका विषयमा एउटा नयाँ उचाईबाट अध्ययन गर्नुपर्छ र त्यसका निम्ति आवश्यक कदम चाल्नुपर्छ ।’

उनले मुलुकलाई एफएटीएफले ग्रे लिस्टमा राखेकाले पनि अनौपचारिक अर्थतन्त्रलाई जतिसक्दो छिटो औपचारिक बनाउन सरकारलाई दबाब रहेको बताए ।