तीन दिनसम्म हुने एमालेको विधान महाधिवेशन आजबाट सुरू

२० भदौ ०८२, ललितपुर । आजबाट तीन दिनसम्म नेकपा एमालेको विधान महाधिवेशन हुँदैछ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने विधान महाधिवेशन २२ गतेसम्म चल्नेछ ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे विधान महाधिवेशन उदघाटन गर्ने नेकपा एमालेले जनाएको छ ।

आयोजकसहित देशभरिका करिब २५ सय जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने बताइएको छ ।