२२ भदौ ०८२, काठमाडौं । आज भाद्र शुक्ल पूर्णिमा दिन ‘खग्रास चन्द्र ग्रहण’ लाग्ने भएको छ ।
नेपाली समय अनुसार रातिको १० बजेर ११ मिनेटमा स्पर्श हुने, ११ बजेर ५६ मिनेटमा मध्य भई मध्यरात १ बजेर ४१ मिनेटमा अन्त्य हुनेछ ।
ज्यातिषकाअनुसार खग्रास चन्द्रग्रहण अवधि ३ घण्टा ३० मिनेटको रहनेछ भने नेपाल, भारत, चीन, थाइल्याण्ड लगायत एशियाका सबै देश, उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अफ्रिका, अस्ट्रेलिया सबै ठाउँमा आंशिक वा पूर्ण रूपमा देख्न सकिने छ ।
यो ग्रहण दक्षिण पूर्व तर्फबाट स्पर्श भई पश्चिम दक्षिण दिशामा गई अन्त्य हुनेछ ।













