
२३ भदौ ०८२, काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेनजी समूहका युवा विभिन्न मागसहित विरोध प्रदर्शनमा उत्रिएका छन् ।
यो समूह मुख्यतः डिजिटल प्लेटफर्म सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आज सोमबार प्रदर्शनमा उत्रिएको हो ।
सहभागीहरु माइतीघर मण्डलामा भेला भई सरकारविरुद्ध नारा लगाउँदै प्रदर्शनसहित नयाँ बानेश्वरतर्फ अघि बढेको छ ।

जेनजी समूहको प्रदर्शनले केहीबेर यातायात अवरुद्ध भएको थियो ।
यो समूहको विरोध प्रदर्शनका कारण आज सिंहदरबार प्रवेशमा समेत कडाइ गरिएको छ । अरू दिनमा परिचय पत्र देखाएर प्रवेश गर्न पाइने सिंहदरबारमा आज चेकजाँच पनि गरिएको छ ।













