२ असोज ०८२, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
तुइन खोला छेउमा पहिरो खसेर एकतर्फी सञ्चालनमा रहेको मुग्लिन–नारायणघाट सडक पहिरो पन्छाएसँगै बिहान ८ः३० बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
सडक सुपरभाइजर ईश्वर क्षेत्रीले दिएको जानकारीअनुसार यस सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्ने गरेकोले पछिल्लो समय सडक अवरुद्ध हुँदै आएको थियो ।
उनले लगातार वर्षा भएसँगै स–साना पहिरो खस्ने क्रम जारी रहेकोले यात्रामा सावधानी अपनाउन आग्रह गरेका छन् ।













