आफैं कारागार फर्किए भीमफेदी कारागारबाट भागेका ५७ कैदीबन्दी

४ असोज ०८२, हेटौंडा । मकवानपुरको भीमफेदी कारागारबाट भदौ २४ गते बिहान भागेका कैदीबन्दीमध्ये ५७ जना आफैं कारागार फर्किएका छन् ।

जेन–जी आन्दोलनको समयमा ललितपुरको नख्खु कारागारबाट रबि लामिछाने निस्किेको खबर बाहिरिएसँगै देशभरिका विभिन्न कारागारबाट कैदीबन्दीहरु भागेका थिए ।

भीमफेदी कारागार प्रमुख सुवास पौडेलले बताएअनुसार ‘क’ र ‘ख’ गरी दुई वटै ब्लकमा राखिएकामध्ये ४४० जना कैदीबन्दी भागेका थिए । जसमध्ये ५७ जना कैदीबन्दी सम्पर्कमा आएका छन् ।

कारागार प्रमुख पौडेलले भागेका कैदीबन्दीहरु सुरक्षा निकायको सक्रियतामा १८६ जनालाई नियन्त्रणमा लिइसकेको बताए ।

उनले अन्य कारागारबाट भागेका ६१ जना कैदीबन्दीलाई पनि भीमफेदी कारागारमा ल्याइएको जानकारी दिए ।