यात्रुवाहक सवारीसाधनका लागि देशभर रुट परमिट खुला

६ असोज ०८२, काठमाडौं । यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीसाधनका लागि आजदेखि असोज २२ गतेसम्म लागू हुनेगरी देशभर रुट परमिट खुला गरेको छ ।

यातायात व्यवस्था विभागले चाडपर्वलाई ध्यान दिँदै यातायात व्यवस्थापनका लागि नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरेको हो ।

बुटवल– नारायणघाट सडक खण्डमा भने ठूला मालवाहक १२ चक्के वा सोभन्दा माथिका सवारीसाधन दशैँ अवधिरभर सञ्चालन नहुने तर अत्यावश्यक सामग्री ढुवानीलाई निरन्तरता दिइन बताइएको छ ।

यस्तै यातायात व्यवसायी महासंघले यात्रुको चाप बढेकाले नागढुङ्गा सुरुङमार्गमा यात्रुवाहक बसलाई एकतर्फी सञ्चालन गर्न आग्रह गरेको छ ।