
६ असोज ०८२, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त चार मन्त्रीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले अनिलकुमार सिन्हा, महावीर पुन, जगदिश खरेल, मदन परियारलाई मन्त्री पदको शपथ गराएका हुन् ।
पूर्वन्यायाधीश सिन्हाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री, पत्रकार खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्री र विज्ञ परियारले कृषि तथा पशुपन्छी विकास मन्त्रीको शपथ लिएका हुन् ।
अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम मन्त्रीका लागि सिफारिस गरिएको थियो । तर, मिश्राको मन्त्री पद अन्तिम समयमा आएर रोकिएको छ ।
पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएपछि दुईपटक मन्त्रालय बिस्तार गरेपनि अझै उनीसँग ९ वटा मन्त्रालयको जिम्मेवारी छ ।













