७ असोज ०८२, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आजदेखि केशर महलस्थित मन्त्रालयमै बस्ने भएका छन् ।
सोमबार सपथ लिएर पदभार ग्रहण गरेपछि मन्त्री क्वाटरमा नबस्ने बताएका मन्त्री पुन आजदेखि मन्त्रालयमै बस्ने भएका हुन् ।
सहसचिव अनिता निरौलाले दिएको जानकारीअनुसार सुत्ने पलङ र खाने व्यवस्था भएको छ, आजबाट मन्त्री पुन केशर महलमा रहेको मन्त्रालयमै बस्ने निश्चित भएको छ ।
‘मन्त्री क्वार्टर चाहिँदैन । यहीँ कोठा बनाउनू । सुत्ने खाट र टेबल भए पुग्छ । आफैं पकाएर खान्छु,’ मन्त्री पुनले पदभार ग्रहण गरेसँगै भनेका थिए ।













