आज बडादशैं : मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै

१६ असोज ०८२, काठमाडौं । आज हिन्दुहरूको महान् चाड बडादशैं मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैंटीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको बताएको छ ।

समितिले टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने पनि बताएको छ ।

दशैं टिकोको दिन आफूभन्दा ठूला, मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरी दीर्घायु र प्रगतिको आशीर्वाद लिने प्रचलन रहिआएको छ ।

दशमीका दिन टिका लगाउन सम्भव भएकाहरुले पूर्णिमाको दिनसम्म पनि मान्यजनबाट टीका ग्रहण गर्ने चलन छ ।

देश तथा विदेशमा रहेका नेपालीहरू पारिवारिक जमघट गरेर दशैं मनाउने गर्छन् ।