१७ असोज ०८२, नवलपरासी । कारागार कार्यालय नवलपरासीले भागेका कैदीबैन्दीहरूलाई आश्रय नदिन अनुरोध गरेको छ ।
नवलपरासी कारागारबाट गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भदौ २५ गते पाँच सय ४६ कैदीबन्दी भागेका बताउँदै सो कारागार प्रशासनले उनीहरुलाई आश्रय नदिन भनेको हो ।
कारागारले भागेका कैदीबन्दीलाई कसैले पनि आफ्नो घरमा लुकाउन छिपाउन तथा आश्रय नदिनु भन्दै आश्रय दिएको वा लुकाए थाह पाएमा उनीहरुलाई समेत कसुरदार ठानी कारबाही गरिने बताएको छ ।
यस्तै कारागार प्रशासनले भागेका कैदीबन्दीको हकमा कारागार कार्यालयले यही असोज २० गतेसम्म हाजिर हुनलाई अनुरोध गरेको छ ।
नवलपरासी कारागारबाट भागेका कैदीबन्दीमध्ये पुरुष २१९ र महिला ३२ जना गरी सम्म २५१ जना हाजिर भइसकेको उनले जानकारी दिए ।













