१८ असोज ०८२, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक असोज २४ गते बस्ने भएको छ ।
एमालेको कार्यालय सचिव डा. भीष्म अधिकारीले दिएको जानकारीअनुसार भोलि असोज १९ गतेका लागि तय भएको बैठक असोज २४ गते बिहान ११ बजेका लागि सारिएको छ ।
सो बैठकमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।













