मतदाता नामावली अद्यावधिकमा सक्रिय सहभागि हुन माओवादी केन्द्रको निर्देशन

२२ असोज ०८२, काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै पार्टीको सबै तहलाई मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन गरेको छ ।

बुधबार पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरिएको परिपत्रमा पार्टी कार्यकर्ताहरूलाई आगामी कार्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम समावेश गर्न, विवाह तथा बसाइँ सराइका कारण मतदान केन्द्र परिवर्तन गर्नु परेमा आवश्यक प्रक्रिया पु-याउन, साथै नाम, जन्ममिति वा अन्य विवरणमा त्रुटि भएमा सच्याउन भनिएको छ ।