७ कार्तिक ०८२, धनुषा । छठ पर्वको अवसरमा मधेस प्रदेश सरकारले थप एकदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज शुक्रबार एक विज्ञप्ति जारी गरेर प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले कार्तिक ११ गते मंगलबार पनि सार्वजनिक बिदा दिने जनाएको हो ।
“मधेश प्रदेश सरकारद्वारा मिति २०८१ साल चैत्र २२ गतेको प्रदेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा सम्बन्धी सूचना सम्बन्धमा मिति २०८२ साल कार्तिक ११ गते मंगलबारका दिन छठ पर्वको भोलिपल्ट मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको,” उपसचिव गणेश नायकद्वारा हस्ताक्षरित सार्वजनिक विदा सम्बन्धी सूचनामा उल्लेख छ ।
मधेश प्रदेश सरकारको यो निर्णयसँगै कार्तिक ११ गते प्रदेश सरकारी कार्यालय, विद्यालयहरू बन्द हुनेछ ।













