३० कार्तिक ०८२, काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताको लागि दिएको समय आज सकिँदैछ ।
आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । जसका लागि आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ ।
आगामी माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ ।













