प्रधानमन्त्रीद्वारा दुर्गा प्रसाईंलाई वार्तामा आउन आग्रह

१६ मंसिर ०८२, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दुर्गा प्रसाईंलाई वार्तामा आउन आग्रह गरेको छ ।

प्रधानमन्त्री कार्कीको सचिवालयले प्रसाईंलाई पत्र लेखेर मंसिर २२ गते वार्तामा आउन औपचारिकरुपमा आग्रह गरेको हो ।

प्रसाईंलाई सम्बोधन गरिएको सो पत्रमा प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको हस्ताक्षर गरेका छन् ।

सो पत्र प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानको अर्थ तथा ऋणी एसोसिएसन प्रमुख देवीप्रसाद संग्रौलाले बुझेका छन् ।

प्रसाईंले १२ मंसिरमा सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याल २७ बुँदे माग पत्र बुझाएका थिए ।