एमालेको ११औं महाधिवेशन : २ हजार २ सय २७ मत खस्यो, ३६ जना अनुपस्थित

३ पुस ०८२, काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि भएको मतदान आज बिहान सकिएको छ ।

एमाले निर्वाचन आयोगले जनाएअनुसार कूल २ हजार २ सय ६३ प्रतिनिधि रहेपनि आज बिहान सम्पन्न निर्वाचनमा ३६ जना अनुपस्थित रहेका थिए । जसमा २ हजार २ सय २७ मत मात्र खसेको थियो ।