३ पुस ०८२, काठमाडौं । नेकपा एमालेमा पार्टीभित्र र बाहिरबाट नेतृत्व परिवर्तनको दबाब खेपिरहेका केपी शर्मा ओली ११औं महाधिवेशनबाट पुनः पार्टी अध्यक्षमा निर्वाचित भएका छन् ।
अध्यक्षका प्रत्यासी ओलीले प्रतिद्वन्दी इश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।
कूल २ हजार २ सय २७ मत मध्ये ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्दा अध्यक्ष पदका प्रत्यासी पोखरेलले जम्मा ५ सय ६४ मत ल्याएका छन् ।
महाधिवेशनको परिणामले ओलीलाई पार्टी सत्तामा रहन पाँच वर्ष वैधानिकता दिएको छ ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि केपी शर्मा ओलीको नेतृत्वमा प्रश्न उठेपछि एमालेले निर्धारित समयभन्दा एक वर्षअघि नै ११औं महाधिवेशनबाट नेतृत्व लगायत नयाँ कार्यसमिति चयन गरेको हो ।













