पुराना दलका राम्रा मान्छेलाई आगामी निर्वाचनमा जिताउनु पर्ने कुलमानको भनाई

५ पुस ०८२, चितवन । अन्तरिम सरकारका मन्त्री रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले आफ्नो प्रतिष्ठा दाउमा राखेर पार्टी खोलेको बताएका छन् ।

उज्यालो नेपाल पार्टीको चितवन भेलालाई आज भरतपुरमा सम्बोधन गर्दै कुलमानले यस्तो बताएका हुन् ।

आफूलाई राजनीति नगर्न सुझाव आएको भए पनि राजनीति पार्टीबाट नै देशलाई अगाडि बढाउने सोचले राजनीतिमा आएको उनले बताए ।

‘अब मैंले के गर्ने कि त धार्मिक संस्थामा जोडिएर काम गर्न प¥यो कि त अरु सामाजिक संघसंस्थामा बसेर काम गर्नुप-यो’, कुलमानले भने, ‘ती संस्थामा बसेर देशमा ठोस परिवर्तन गर्न सकिँदैन भनेर राजनीतिमा लागेँ ।’

घिसिङले पुराना राजनीतिक दलमा पनि राम्रा र असल मान्छे रहेको भन्दै उनीहरूलाई पनि आगामी निर्वाचनमा जनताले जिताउनु पर्ने बताए ।