आज निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलसँग छलफल गर्दै

७ पुस ०८२, काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्ने भएको छ ।

आयोगले आगामी २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो एक बजे हुने छलफल आगामी चुनावको विषयमा केन्द्रित हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनले छलफलमा हालसम्मको चुनावको तयारीबारे आयोगले जानकारी गराउने बताए ।