लिबियाका सैन्य प्रमुखको विमान दुर्घटनामा मृत्यु

९ पुस ०८२, काठमाडौं । लिबियाका सैन्य प्रमुख विमान दुर्घटनामा परेर मृत्यु भएको छ ।

लिबियाको प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले सैन्य प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको पुष्टि गरेका हुन् ।

जनरल अल–हद्दाद र अन्य चार जना मंगलवार बेलुकी टर्किएको राजधानी अंकाराबाट उडान भर्ने फाल्कन ५० एयरक्राफ्टमा सवार थिए ।

बीबीसीले जनाएअनुसार एयरक्राफ्टको भग्नावशेष अंकाराको दक्षिण–पश्चिममा फेला परेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।