स्वास्थ्य बीमा समस्याका विषयमा प्रधानमन्त्रीले बोलाए बैठक

२१ माघ ०८२, काठमाडौं । स्वास्थ्य बीमाको समस्याका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले बैठक बोलाएकी छन् ।

बुधबार प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमाका विषयमा छलफल गर्न सरोकारवाला पक्षहरूको बैठक बोलाएकी हुन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले बीमा बोर्डले अस्पताललाई ४० करोड भुक्तानी दिन बाँकी रहेकाले स्वास्थ्य बीमा सेवा दिन नसक्ने भन्दै सूचना जारी गरेको थियो ।

यस्तो समस्या अन्य अस्पतालहरुमा पनि देखिएपछि स्वास्थ्य बीमा बोर्डले गत सोमबार सूचना जारी गरेर एक आर्थिक वर्षमा बहिरंग ९ओपिडी०सेवाअन्तर्गत अधिकतम २५ हजार रुपैयाँसम्म मात्र उपचार सुविधा उपलब्ध गराइने जनाएको छ । त्यसपछि मात्रै अस्पताल भर्ना, ल्याब परीक्षण र आकस्मिक उपचारको सुविधा लागु हुनेछ । उक्त व्यवस्था १ फागुनदेखि कार्यान्वयनमा आउने बोर्डले जनाएको छ ।