श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी र प्रधानमन्त्रीबीच शिष्टाचार भेट

२१ माघ ०८२ काठमाडौं । नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाले प्रधानमन्त्री सुशीला काकीसँग शिष्टाचार भेट गरेकी छ

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेकी हुन् ।

भेटमा नेपाल र श्रीलंका बीचको आपसी द्विपक्षीय सम्बन्ध तथा हितका विविध विषयहरूमा विचार आदानप्रदान भएको थियो ।

प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाइ दिनुका साथै उनको कार्यकाल सफलताको शुभकामना व्यक्त गरिन् । यो भेटले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।