पूर्वप्रधानमन्त्री एवं प्रलोपाका संरक्षक डा. बाबुराम भट्टराईका बुवाको निधन

२२ माघ ०८२, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईका बुवाको निधन भएको छ ।

९७ वर्षीय भोजप्रसाद भट्टराईको बिहीवार बिहान निधन भएको हो । उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।

केही दिनदेखि स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनको बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचार भइरहेको थियो ।