बैतडी बस दुर्घटना मृतक संख्या १३ पुग्यो, ३४ घाइते

२३ माघ ०८२, काठमाडौं । बैतडीमा जन्ती बस दुर्घटना हुँदा  १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

पुर्चौडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो ।

सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै, २ जनाको स्थानीय स्वास्थ्य चौकी र ५ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायले जानकारी दिए ।

घाइतेहरुमध्ये २५ जनाको डडेलधुरामा र ४ जनाको बझाङको देउलेकमा उपचार भइरहेको छ । घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको उनले जानकारी दिए ।