साउदीमा मृत्यु भएका कामदारको क्षतिपूर्ति तत्कालीन नेपाली राजदूत अन्सारीले लिए

special_court२ चैत्र, काठमाडौं । साउदी अरबका लागि तत्कालीन नेपाली राजदूत हमिद अन्सारीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । सोमबार विशेष अदालतले अन्सारीमाथि ३ लाख ९६ हजार रुपैयाँ जरिवाना र सात महिना कैद हुने फैसला गरेको छ । अन्सारीले साउदी अरबमा कामको सिलसिलामा मृत्यु भएका एक कामदारको क्षतिपूर्तिबापत आउने २० हजार रियाल आफैंले झिकेर लिएका थिए ।

साउदी अरबमा कामको सिलसिलामा मृत्यु भएका एक कामदारका आफन्तले पहिलो र दोस्रो किस्तामा २७ हजार र २० हजार रियल पाउनु पर्ने थियो । तर अन्सारीले क्षतिपूर्तिबापत आउने दोस्रो किस्ताको २० हजार रियाल पीडितका आफन्तलाई नदिएको प्रमाणित भएको छ ।

२०६४ देखि २०६७ माघसम्म राजदूत भएका अन्सारीले उनका सहयोगी अहमद बकहित मुसाले हमिदको निर्देशनमा २० हजार रियाल रकम निकालेका थिए ।

तपाइको मत