१६ चैत, काठमाडौं । पाकिस्तानको लाहोरमा भएको बम विष्फोटमा परी मृत्यु भएका पाकिस्तानी जनताप्रति श्रद्धाञ्जलि अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ पाकिस्तानी समकक्षी नवाज शरिफलाई टेलिफोन गरेका छन् ।
आइतबार राति पाकिस्तानको लाहोरस्थित एक समारोहमा आत्मघाती बम विस्फोट भएको थियो । विस्फोटमा परी कम्पतीमा ७० जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार पाकिस्तानमा भएको यो आतंककारी हमलाको निन्दा गर्दै प्रधानमन्त्री ओली समकक्षीलाई फोन गरेका हुन् ।