अविरल वर्षाका कारण राजविराजको मुख्य बजार क्षेत्र समेत जलमग्न

२९ साउन ०७४, सप्तरी । अविरल वर्षाका कारण विभिन्न नदीमा आएको भीषण बाढीले राजविराजको मुख्य बजार क्षेत्र समेत जलमग्न भएको छ । बाढीले २ हजारभन्दा बढी घर डुबानमा परेको छ ।

बाढीका कारण विभिन्न गाउँकासयौं परिवार विस्थापित भएको प्रहरी प्रशासनले जानकारी दिएको छ ।

बाढीको प्रवाह बढेर जिल्लाको दक्षिणपूर्वी र पश्चिमी भेकका गाउँपालिका र नगरपालिकाका घरहरु डुबानमा परेको छ ।

सप्तकोशी नदीमा जलस्तर बढ्दै गएपछि कोशी ब्यारेजको ढोका खोलिएको छ । टापुमा अवस्थित गोबरगाढा बस्तीमा पानी पसेपछि स्थानीय बासिन्दा सुरक्षित गन्तव्यतर्फ जान थालेका छन् ।

अबिरल वर्षाका कारण बाढीको प्रवाह नरोकिएकाले प्रशासनले नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

 

तपाइको मत