१२ असार ०७४, काठमाडौं । अाज विश्वभर धुमधामले इद मनाइदै छ ।

रमजान सम्पन्न भएसँगै इदलाई स्वागत गरिएको छ ।
आत्म संयम र शुद्धीका लागि एक महिनासम्म गरिने रमजान पर्वको रोजा (व्रत) सकिएको भोलिपल्ट यो पर्व मनाउने गरीन्छ ।
ईदको अर्थ खुशियाली हो, रमजान सकिएको उपलक्ष्यमा खुशियाली मनाइएकाले यो पर्वको नाम ईदु उल फित्र हुन गएको हो ।
इस्लामका प्रवर्तक तथा अल्लाहका सन्देशवाहक पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु अलैहिवस्सलामले रमजानका बारेमा ‘जब रमजान शुरु हुन्छ तब जन्नतका (स्वर्ग) ढोकाहरु खोलिन्छ र जहन्नमका (नर्क) ढोका बन्द हुन्छ’ भनि बताएको मुस्लिमहरूको विश्वास छ ।













