कांग्रेसले प्रधानमन्त्री ओलीलाई संसदमा सम्बोधन गर्न दिएन

१० असार, काठमाडौं । भूकम्प पीडितलाई २ लाख एकमुष्ट रकम दिनु पर्ने भन्दै बिहीबार संसद अवरुद्ध गरेको नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार संसदमा सम्बोधन गर्न दिएन ।

प्रधानमन्त्रीले शुक्रबारको बैठकमा कांग्रेसले उठाएको विषयको जवाफ दिन चाहेका थिए । तर, संसद बैठक सुरु हुनु अघि नै कांग्रेस सांसदहरुले प्रधानमन्त्रीलाई बोल्न नदिने बताएपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

कांग्रेसले आफूहरुले उठाएको विषयमा प्रधानमन्त्रीले के गर्ने ? भन्ने समझदारी नगरेसम्म सदन चल्न नदिने बताएको छ ।

२०७२ साल बैशाख १२ गते महाभुकम्प जाँदा तत्कालिन नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री स्व.सुशील कोइरालाको नेतृत्वमा सरकार थियो ।

काँग्रेस सरकारले भुकम्प गएको झण्डै ६ महिनासम्म अर्थात् सरकार छाड्ने अन्तिम दिनहरुसम्म कुनै प्रभावकारी काम गर्न सकेन् तर अहिले त्यही नेपाली काँग्रेसले भुकम्प पीडितहरुलाई एकमुष्ट २ लाख दिनु पर्ने भन्दै सदन अवरुद्ध गर्दै भुकम्प पीडितको खोल ओढेर राजनीति गरिरहेको जानकारहरु बताउँछन् ।

तपाइको मत