१५ जेठ ०७४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र दिवस, २०७४ को अवसरमा आम जनसमुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले जनयुद्ध, जनआन्दोलन लगायत आन्दोलनहरुमा साहदत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्वाञ्जली अर्पण गर्दै गणतन्त्र दिवसको अवसरमा एक विज्ञप्ति जारी गरी शुभकामना व्यक्त गरेका हुन् ।
प्रधानमन्त्रीको शुभकामना सन्देश