२६ जेठ ०७५, काठमाडौं । पित्तथैलीको क्यान्सरका कारण सिकिस्त वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई उनकै इच्छाअनुसार पुर्ख्यौलीघर गोरखा पुर्याएर फर्काइएको छ ।
शनिबार दिउँसो न्युरो अस्पताल बाँसबारीबाट हेलिकप्टरमा देवकोटालाई उनको जन्मथलो गोरखा पालुङटार नगरपालिकाको आँपपिपल पण्डित गाउँ पु¥याएर फर्काइएको हो ।
डा. देवकोटाले आफ्नै जन्मघरको पिँढीमा बस्ने र सिस्नेधाराको पानी खाने इच्छा पूरा गरेपछि उनलाई लगत्तै हेलिकोप्टरमार्फत नै काठमाडौं ल्याइएको हो । पुर्ख्यौली घरमा पुग्दा देवकोटाको मुहार हँसिलो देखिएको थियो ।
देवकोटालाई जन्मथलो पुर्याउँदा उनको स्वागतका लागि ठूलो संख्या स्थानीय जम्मा भएपनि भेट्न आएका आफन्तहरुसँग दोहोरो सम्वाद भने भएको थिएन ।