डा. गोविन्द केसीप्रति ऐक्यबद्धता जनाउँदै राजधानीमा प्रदर्शन

१४ साउन ०७४, काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथितिविरूद्ध ११ ‌औ‍ं सत्याग्रह आन्दोलनमा रहेका वरिष्ठ चिकित्सक  डा. गोविन्द केसीप्रति ऐक्यबद्धता जनाउँदै शनिबार राजधानीमा प्रदर्शन गरिएको छ।

आमरण अनशनको छैठौं दिन आयोजित प्रदर्शनमा सयौं सर्वसाधारण माइतीघरदेखि बानेश्वरसम्मको र्यालीमा सहभागी थिए। प्रदर्शनमा सहभागीहरुले ‘डा. केसीको अनसन, माफियालाई टेन्सन’, माफियाहरु देश घेर्दै, ६०१ ले के हेर्दै ? जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

¥याली बानेश्वर चोक पुगेर सभामा परिणत भएको थियो। सहभागीहरुले चिकित्सा शिक्षामा बेथिति निम्त्याएको भन्दै सरकार र मेडिकल कलेजविरुद्ध नाराबाजी गरेका थिए।

२०६९ सालदेखि सुरु भएको डा. केसीको सत्याग्रह आन्दोलन पटक–पटक सम्झौता भएपनि कार्यान्वयन नहुँदा टुंगो लाग्न सकेको छैन।

संसदमा विचाराधीन विधेयक रोक्न राजनीतिक दलका केही नेता र मेडिकल कलेज संचालकहरुले षड्यन्त्र गरेको भन्दै केसी ११ औं पटक अनशन बसेका हुन्।

तपाइको मत