दुष्कर्मका भिडियो सार्वजनिक हुन थालेपछि बलात्कृत बालिका थप पीडामा

२१ साउन ०७४, राजविराज । दुष्कर्मका भिडियो सार्वजनिक हुन थालेपछि सप्तरीको कञ्चनरुप नगरपालिका ९ की १५ वर्षीया खातुन थरकी बालिका न्यायको खोजीमा सदरमुकाम राजविराजमा भौंतारिदै छिन् ।

बालिकाका अनुसार गत असार १७ गते दिउँसो २ बजेतिर गाईगोरु चराउन घर नजिकैको सुन्दतरी खोला किनारमा गएका बेला गाउँकै शेख थरका दुई किशोरले मुख थुनेर दुष्कर्म गरेका थिए ।

‘गाई गोरु चराउने क्रममा सुन्दरी खोला किनारमा पुगकी थिएँ, गाउँकै दुई जनाले एक्कासी मुख थुने जवरजस्ती गरे’ ती बालिकाले भनिन्, ‘कसैलाई भनिस् भने ज्यान मार्दिन्छौ भन्दै धम्की दिएका थिए ।’

बलात्कारीले पालैपालो मोवाइलबाट बलात्कारको भिडिओ पनि बनाएको उनको भनाई छ ।

खातुन थरकी पीडित बालिका आफूलाई बलात्कार गर्ने गाउँकै १५ र १४ वर्षीय किशोर रहेको र उनीहरुले गरेको हर्कत आमालाई सुनाएकी थिईन ।

घटना बारे असार १९ गते ईलाका प्रहरी कार्यालय कञ्चनपुरमा दुबै किशोरविरुद्ध किटानी जाहेरी प¥यो । र, उनीहरु पक्राउ पनि परे ।

प्रहरीले सप्तरी जिल्ला अदालतमा उनीहरु विरुद्ध जवरजस्ती करणी मुद्दा दायर ग¥यो । मुद्दा दायर भएपछि साउन १५ गते न्यायाधीश शारदा प्रसाद कोइरालाको इजलासमा भएको सुनुवाईमा पीडक नाबालक देखिँदा बालबालिका सम्बन्धी ऐन २०४८ आकषर््िात हुने भएकाले निजहरुवाट जनही रु. २३ हजार धरौटी लिई मुद्दाको पुर्पक्ष गर्नु तथा नगद धरौटी वा सो बराबरको जेथा जमानत दिन नसके नियमानुसार सीधा पाउने गरी बाल सुधार गृह मोरङ्गमा राख्न पठाई दिनु आदेश जारी गरिएको थियो ।

अदालतको आदेश बमोजिम जनही रु. २३ हजार धरौटी बुझाएर दुवै जना रिहा भइसकेका छन् । रिहा भएका दुबै जनाले दुष्कर्म गरिएका बेला मोवाइलबाट खिचिएका भिडिओ अहिले साथीहरुको मोवाइलमार्फत् सार्वजनिक भएकाले आफु थप अन्यायमा परेको पीडित बालिकाको भनाई छ ।

न्यायका लागि पहल गरिदिन शनिबार पत्रकार महासंघ सप्तरीको कार्यकक्षमा पत्रकार सम्मेलन गरेकी पीडित बालिकाले भनिन्, ‘पीडकद्वारा यसरी भिडिओ सार्वजनिक गर्ने र ब्यापक बनाउने कामले म थप मानसिक तनावमा छु, गाउँ समाजमा बस्ने अवस्था छैन ।’

प्रहरीले मोवाईलबाट सार्वजनिक भएका दुष्कर्मका दृष्यहरु बरामद गरी अदालतमा समेत पेश गरीसकेको थियो । तर पीडक छुटेर आएपछि उक्त भिडिओ अरुको मोवाईलमा सेयर गर्ने काम झनै बढेको पीडित बालिकाले बताइन् ।

पत्रकार सम्मेलनमा छोरीसँगै आएकी आमाले पीडकको हर्कतका कारण छोरीसँगै आफ्नो सिङ्गो परिवार मानसिक तनावमा परेको बताउँदै न्यायका लागि पहल गरिदिन सञ्चारकर्मी, अधिकारकर्मी सबैसँग आग्रह गरिन् ।

तपाइको मत