२८ असार ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि बुधबार थाइल्याण्ड जाने भएको छ ।
यसअघिकै कार्यतालिकाअनुसार पत्नी सीताको फलोअपका लागि अध्यक्ष दाहाल त्यसतर्फ प्रस्थान गर्न लागेको प्रचण्डको प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
अध्यक्ष प्रचण्ड आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । लामो समयदेखि उच्च रक्तचाप लगायतका समस्याबाट पीडित सीताको नियमित स्वास्थ्य परीक्षणबाहेक अन्य कुनै कार्यसूची नरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।