प्रेस चाैतारीले धाेका दिएपछि युनियनसँग सहमति भयाे – विष्णु सापकाेटा

 

२९ साउन ०७४, काठमाडौं । प्रेस सेन्टर नेपाल र प्रेस युनियनबीच सेन्टरका उपाध्यक्ष गाेविन्द अाचार्यलाई पत्रकार महासंघकाे अध्यक्ष बनाउने सैद्धान्तिक सहमति भएकाे छ ।

प्रेस चाैतारीले सेन्टरसँग गरेकाे पूर्व सहमति ताेडेपछि अाइतबार राजधानीमा बसेकाे सेन्टरको सचिवालय बैठकले प्रेस युनियनसँँग सहकार्य गरेेर अन्य संगठनलाई पनि विश्वासमा लिई अाचार्यलाई अध्यक्ष पदमा उठाउने निर्णय गरेकाे हाे ।

प्रेस युनियन सेन्टरको नेतृत्वमा महासंघमा जान तयार भएपछि दुुई संगठनले साझा अध्यक्षका उमेदवार सेन्टरका उपाध्यक्ष गाेविन्द अाचार्यलाई बनाएको हाे ।

पत्रकार महासंघका वर्तमान अध्यक्ष महेन्द्र विष्ट अध्यक्ष पदमा निर्वाचित हुनुुुअघि (तीन वर्ष पहिले) चाैतारीले अागामी कार्यकाल प्रेस सेन्टरलाई अध्यक्ष दिने सहमति गरेकाे थियाे ।

तर, यसपटक पनि उसले सेन्टरलाई इमानदारीपूर्वक नेतृृृृत्व दिनुुुुभन्दा पनि बार्गेनिङ गरेर नेतृत्वमा जाने प्रयास गरेपछि सेन्टरले युुुनियनसँग सहमति गरेकाे महासचिव विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

महासचिव जुगलले चाैतारीले धाेका दिएपछि पत्रकार महासंघमा अध्यक्ष पद प्रेस सेन्टरले लिने र महासचिव पद युनियनले लिने गरी सेन्टर र युनियनबीच सैद्धान्तिक सहमति भइसकेकाे बताए ।

उनले अन्य पदहरूमा दुई पक्ष बैठक बसेर छलफल गरी टुङ्ग्याउने सहमति भएकाे जानकारी दिए ।

 

तपाइको मत