
तस्बिर: भेलडेली न्यूज
९ चैत, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चद्वारा मंगलबार आयोजित ‘बालविवाह विषयक दक्षिण एशियाली सांसदहरुको भेला उद्घाटन गर्दै महिलाहरुले इच्छा अनुसार विवाह गर्न पाउने आधारभूत मानव अधिकारको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।
उपराष्ट्रपति पुनले दक्षिण एशियामा अझैसम्म कुसंस्कार र कुरीतिको प्रतीकको रुपमा रहेको बाल विवाह सभ्य समाजका लागि लज्जाको विषय भएको बताउँदै नेपालमा बालविवाहको समस्या उच्च रहनुको कारण कुसंस्कार, गरिवी र अशिक्षा रहेको बताए ।
उपराष्ट्रपति पुनले बाल विवाहलाई रोक्न नयाँ संविधानले गरेको व्यवस्था र विगतमा बनेका ऐन कानुनलाई कडाईकासाथ कार्यन्वयन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराए । भेलामा १६ देशका सांसदहरु सहभागी छन् ।