ब्रेसेल्सबाट आयो निर्देशन : असहमति हल नहुँदासम्म स्थानीय चुनावमा सहयोग नगर

icg२३ चैत, काठमाडौं । इन्टरनेशनल क्राइसिस ग्रुपले राजनीतिक दलहरुलाई सीमाङ्कन विवाद सुल्झाउन बनेको संयन्त्रको टीओआर टुङ्गो लगाउन र संविधान सम्बन्धी असहमति हल नहुँदासम्म स्थानीय निकायको चुनाव भए सहयोग नगर्न अन्तर्राष्ट्रिय दाताहरुलाई आह्वान गरेको छ ।

ग्रुपले मधेसी दलहरुलाई भने तराईमा बस्ने अन्य सामाजिक समूहसँगको विश्वास पुनःस्थापित गर्न र उत्तेजक अभिव्यक्ति नदिन सुझाएको छ ।

यसैगरी ग्रुपले भारतलाई पनि सबै पक्षसँग खुला दृष्टिकोण राख्न सुझाव दिएको छ । बेल्जियमको ब्रसेल्समा रहेको आईसीजीले सोमबार नेपालबारे प्रतिवेदन सार्वजनिक गर्दै मधेसी र थारुको असहमतिका बीच संविधान जारी भएको र आन्दोलनका क्रममा ५७ जनाको मृत्यु भएको भन्दै तराईमा फेरि हिंसाको खतरा रहेको बताएको छ ।

तपाइको मत