२१ जेठ ०७४, चितवन । जिल्ला सुरक्षा समिति चितवनले भरतपुर महानगरपालिका वडा नम्बर १० भित्रका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
महानगरपालिकाको वडा नम्बर १० भित्र मूख्य निर्वाचन अधिकृतको कार्यालय, महानगरपालिका कार्यालय, जिल्ला अस्पताल, मतगणनास्थल र मुख्य प्रशासनिक निकायहरु रहेका छन् ।
अर्को सूचना प्रकाशित नभएसम्मका लागि आज आइतबारदेखि नै लागू हुने गरी उल्लिखित क्षेत्रहरुमा निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला सुरक्षा समिति चितवनले जनाएको छ ।