भैसीले दुध नदिँदा बोक्सीको आरोपमा महिलामाथि कुटपिट

१५ असोज ०७५, राजविराज । वोदे वरसाईन नगरपालिका ८ काचनकी २५ वर्षीया रन्जुदेवी साह छिमेकीको कुटपिटपछि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार गराईरहेका छन् ।

छिमेकी जामुन र गोकुल यादव (दाजुभाई)ले पालेको भैसीले केही दिन यता दुध कम दिन थालेपछि साहलाई टुनामुना गरिस भन्दै टर्च र लाठीले निर्घात कुटपिट गरेपछि हस्पिटल भर्ना भएकी हुन् ।

साहले शरीरको विभिन्न भागमा देखिएको चोट देखाउँदैे भैसीलाई टुना मुना गरेको भन्दै छिमेकी दाजुभाईलले कुटपिट गरेकाले आफूले घटनाबारे प्रहरीमा उजुरी समेत दिएको बताईन् ।

यसबारे ईलाका प्रहरी कार्यालय वोदे वरसाईनमा बुझ्दा सई विनोद चौधरीले बोक्सीको आरोपमा कुटिएको हो की वा कुनै पुरानो रिसईवीका कारण त्यस्तो आरोप लगाईएको हो ? दुवै कोणवाट सक्ष्म अनुसन्धान भईरहेको जानकारी दिदै दोषी पाए कानुन बमोजिम कारवाही गर्ने बताए ।

भैसीले दुध नदिँदा बोक्सीको आरोपमा महिलामाथि कुटपिट

राजविराज नगरपालिका १५ मुसहर्नीयाकी १९ वर्षिया प्रेमकला ठाकुरले विवाह दर्ता र नागरिकता बनाई दिन आग्रह गर्दा सासु, ससुरा र श्रीमानबाट निर्घात कुटपिट भएको छ ।

प्रेमकला ठाकुर ।

रुपनी गाउँपालिका १ रायपुर माईती भएकी प्रेमकलाको ०७४ वैशाखमा राजविराज नगरपालिका १५ मुसर्नीयाँ निवासी मनोज ठाकुरसँग विवाह भएको थियो । उनको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार गराईरहेका छन् । उनको छाति, ढाड, हात, खुट्टा, कम्मर पेट लगायत शरीरका अधिकांश भागमा निलडाम देखिन्छ ।

पीडित महिलाका अनुसार विवाह दर्ता र नेपाली नागरिताको प्रमाण–पत्र बनाई दिन आग्रह गर्दा सासु, ससुरा र श्रीमानले शनिवार साँझ लाठी र वेल्टले हिर्काएर घाईते बनाएको बताईन् । उनले भनिन् –‘पटक पटक विवाह दर्ता र नागरिता बनाई दिन आग्रह गर्दा आलटाल गर्दै आएका थिए । शनिवार साँझ सोही विषय उठाउँदा ससुरा भुवनेश्वर ठाकुर, सासु रधिया देवी र पति मनोजले निर्धात कुटपिट गरे ।’

यता छोरीलाई कुटपिट गर्ने उनका पति मनोज, ससुरा भुवनेश्वर र सासु रधिया देवीमाथि कारवाहकिो माग गर्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको पिता मोहन ठाकुरले बताए ।

जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक मिन बहादुर क्षेत्रीले प्राप्त जाहेरीका आधारमा कुटपिटमा संलग्नलाई पक्राउ गर्न प्रहरी खटाईसकिएको जानकारी दिए ।

तपाइको मत