२४ बैशाख, काठमाडौं । मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना लगायत ७ दलका सांसदहरुले व्यवस्थापिका संसदमा शुक्रबारदेखि चलिरहेको पूर्वबजेटमाथिको छलफल बैठक बहिष्कार गरेका छन् ।
शुक्रबार व्यवस्थापिका संसदको बैठक सुरु हुने वित्तिकै मोर्चामा आवद्ध दलका सांसदले उठेर विरोध गरे लगतै सभामुखले समय दिएपछि संघीय समाजवादी फोरमका नेता अशोक राईले मधेस आन्दोलनको सवालमा सरकार उदासिन भएकाले आफुहरुले संसद बहिष्कार गर्ने बताए ।