
२७ जेठ ०७४, सबैला । नेकपा माअाेवादी केन्द्रका कार्यालय सदस्य तथा दुई नम्बर प्रदेश इन्चार्ज मातृका यादवले शान्तिप्रक्रियामा अाएपछि माअाेवादी नेताहरूले मधेशकाे भावना नबुझेको र मधेशवादी नेताहरूमा क्रान्तिकारी विचार नभएकाले मधेस र मधेसी जनताले उत्पीडनबाट मुक्ति नपाएको बताएका छन् ।
शनिबार धनुषाको सबैलामा बुद्धिजीवीहरूसँगकाे छलफलका क्रममा नेता यादवले साे कुरा बताएका हुन् ।
नेता यादवले तर पार्टी एकतापछि माअाेवादी केन्द्रका अध्यक्ष क.प्रचण्ड मधेसकाे समस्या हल गर्न दिलाे ज्यानले लागे पनि नेपाली काँग्रेसकाे मधेसप्रतिकाे ढुलमुले चरित्र र एमालेकाे मण्डले राष्ट्रवादी हठका कारण मधेसकाे माग सम्बाेधन नभएकाे बताए ।
उनले मधेसवादी नेताहरूकाे नाम नलिई मधेसकाे मसिहा ठान्ने मधेसवादी नेताहरूलाई पद, पैसा र प्रतिष्ठाका लागि जनभावनामा खेल्ने नेताहरू हुन भनी अाराेप लगाए ।
“प्रत्येक अान्दाेलनमा मधेसी जनता अाफ्नाे तथा उत्पीडित समुदायहरूकाे मुक्तिका लागि त्याग र बलिदान गरेका छन्” यादवले भने, “मधेशवादी तथा मधेसबाट प्रतिनिधित्व गर्ने अन्य दलका नेताहरू निजी स्वार्थका लागि उपयाेग गर्दै अाएकाे छ ।”
“यदि मधेशका नेताहरूमा त्याग र बलिदानकाे भावना भए मधेशकाे मुक्ति टाढा छैन्” उनले भने ।
उक्त छलफलमा बुद्धिजीवीहरूले नेता यादवलाई इमानदार, समाजसेवी साथै नेतृत्व गर्न सक्ने नेता, कार्यकर्तालाई नगरपालिका, गाउँपालिका र वडा प्रमुखको उम्मेदवार बनाउन सुझाएका थिए ।
“राम्राे उम्मेदवारी दिनुस् सहयाेग गर्नेछाैं” बुद्धिजीवीहरूले भने ।
साे छलफलमा पूर्वजिशिअ, पूर्व प्रधानाध्यापकहरू, पूर्वकर्मचारीहरू, प्राध्यापक साथै डाक्टरहरूकाे सहभागिता रहेकाे थियाे ।