राजपाले स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिने सहमति भएको गृहमन्त्रीको खुलासा

५ असार ०७४, बुटबल । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले २ नम्बर प्रदेशको चुनाव सारेपछि राष्ट्रिय जनता पार्टी नेपालले असार १४ गते हुने स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दिने सहमति भएको बताएका छन् ।

बुटबलमा सोमबार आयोजित पाँच नम्बर प्रदेशको सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री शर्माले सो कुरा बताएका हुन् ।

‘प्रधानमन्त्रीले प्रमुख नेताहरुसँगै वार्ता गरेर दुई नम्बरको सार्ने र अन्यत्र स्वतन्त्र रुपमा पनि सहभागी हुने सहमति भएको हो’ गृहमन्त्री शर्माले भने ।

उनले राजपालाई कानुन संशोधनपछि पनि समय अपुग भएकाले चुनावमा सहभागी हुन गाह्रो भएको बताए ।

राजपाका नेताहरुले रुपन्देहीको तीन स्थानीय तहमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

१, ५ र ७ नम्बर प्रदेशमा असार १४ गते चुनाव हुँदैछ । त्यसका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ ।

 

तपाइको मत