राजपा नेपालले निर्वाचन अायाेगमा दल दर्ताको निवेेेदन दिए

२३ असार ०७४, काठमाडौं  । संविधान संशोधनको अडान राख्दै आन्दोलन घोषणा गरेका राजपा नेपालका नेताहरुले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।

राजपा नेपालका नेताहरू अाज दल दर्ताको निवेेेदन दिए लगत्तै छलफलका लागि बालुवाटार पुगेका छन् ।

नेताहरूले बैठकमा आगामी चुनाव, संविधान संशोधन लगायतका विषयमा छलफल जारी रहेको बताएका छन् ।

बैठकमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायत छन् ।

माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड छन् र राजपाका महन्थ ठाकुर लगायत शीर्ष नेता सहभागी छन् ।

राजपा नेताहरुले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिनुलाई आगामी चुनावमा भाग लिने संकेतको रुपमा लिइएको छ ।

तपाइको मत