राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदीय समितिबाट पारित

२७ साउन ०७४, काठमाडौं । संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पारित गरेको छ ।

डा. भगवान कोइराला नेतृत्वको टोलीले बनाएको मस्यौदा समितिले पारित गरेको हो ।

समितिको शुक्रबारको बैठकले विधेयक पास गर्दै अनशनरत डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । डा. केसी चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने लगायतका माग राख्दै अनसन बसेको १९ दिन पुगेको छ ।

समितिबाट पारित मस्यौदा छलफलका लागि संसदमा पेस गरिनेछ ।

अब सरकार र डा. केसीका प्रतिनिधिबीच वार्ता हुनेछ । विधेयक पास भए पनि अन्य मागका विषयमा वार्तामा छलफल हुने बताइएको छ ।

 

 

 

तपाइको मत