१२ पुस ०७५, काठमाडौं । सरकारले पाँच देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।
यही पुस ६ र ९ मा सम्पन्न मन्त्रिपरिषद्का बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले यस्तो जानकारी दिएका हुन् ।
प्रवक्ता बास्कोटाका अनुसार परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरिएको छ ।
तीन राजदूत फिर्ता बोलाईए
सरकारले दक्षिण कोरियाका राजदूत अजुर्न जंगबहादुर सिह, स्पेनका राजदूत भरतबहादुर रायमाझी र बंगलादेशका लागि नेपाली राजदूत प्रा. डा.चोपलाल भूषाललाई २१ दिनको समय दिएर स्वदेश फिर्ता बोलाउने निर्णय गरेको छ ।