२० जेठ, काठमाडौं । सोमालियाको राजधानी मोगादिशुको एक होटलमा बन्दुकधारीले आक्रमण गर्दा १० जनाको ज्यान गएको छ ।
प्रत्यक्षदर्शीका अनुसार एम्बेस्डर होटलको बाहिर आक्रमणकारीले विस्फोट गराएका थिए । मृत्यु हुनेमा दुई सांसद रहेका छन् । ।
बीबीसीका अनुसार होटलमा सांसद र अन्य सरकारी कर्मचारी बसेका थिए । हमला लगत्तै चरमपन्थी संगठन अल शबाबले हमलाइको जिम्मेवारी लिएको छ । धमकाका कारण ४० भन्दा धेरै मानिस घाइते भएका छन् ।सोमालियामा अल शबाब त्यहाँको सरकारसँग युद्ध लडिरहेको छ ।