स्विट्जरल्याण्डलाई हराउँदै युरो कप २०१६ को क्वार्टर फाइनलमा पुग्यो पोल्याण्ड

poland-switzerland-euro-2016

११ आसार, काठमाडौं । टाइब्रेकरमा स्विट्जरल्याण्डलाई हराउँदै पोल्याण्ड युरो कप २०१६ को क्वार्टर फाइनलमा पुगेको छ । निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

पेनाल्टी सुट आउटमा स्वीस टिमका चार खेलाडीले गोल गरेका थिए । तर, पोल्याण्डका पाँचै खेलाडीले गोल गर्दै ५-४ को जित दिलाए ।

यसअघि खेलमा पोल्याण्डले ३९ औं मिनेटमा अग्रता लिएको थियो । सुरुवातमै गोल गर्ने राम्रो मौका गुमाएको उसका लागि जाकुब ब्लासचिकोस्कीले गोल गरे ।

दोस्रो हाफदेखि विपक्षीमाथि लगातार आक्रमणको योजना बुनेको स्वीस टिमले खेल सकिन ८ मिनेटमात्र बाँकी छँदा बराबरी गोल फर्कायो । उसका लागि साकिरीले बाइसाइकल किकमार्फत निकै उत्कृष्ट गोल गरेका थिए ।

तपाइको मत